Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१ करोडको च्याङ्ग्रा कसले लग्यो ?

दसैंमा पशुबलि रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङ्ग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघ्याङ लगेको बताएका छन्।

बुधबार पाँच सय ७२ च्याङ्ग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लागिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन्।

१४ वटा कन्टेनरमा राखेर लगिएका च्याङ्ग्रा तर्किघ्याङको जीवनदानका लागि बनाएको ठाउँमा राखिएको उनको भनाई छ।

‘गुरुको नाममा यस्तो काम गरेका हौं । विगतमा थोरै कलेक्सन गर्थ्यौं,’ उनले भनिन, ‘यसपाली फ्री लाईफ एसोसिएसन भन्ने संस्था पनि सहभागी छ।’

बुधबार झन्डै ६ सय च्याङ्ग्रा लैजाने टोली शुक्रबार विहान पुनः ३ सय च्याङ्ग्रा किन्न सल्लाघारी पुगेका थिए । यसअघि १८ हजार प्रतिगोटा लगेकोमा व्यापारीहरुले शुक्रबार २० हजार मागेपछि उनीहरु बार्गेनिङ गरिरहेका थिए। कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ।

३ सय च्याङ्ग्रा लैजान सवारीसाधनको व्यवस्था गरेर आएका थियोँ । अस्ति १८ हजारमा लग्यौँ । अहिले त २० हजार भनिरहेको छ’ शुक्रबार सल्लाघारीमा भेटिएका उर्गेन जिग्मेले भने।





Comments

comments

Leave a Reply

14565