अमेरिकामा कार दुर्घटनामा निधन भएका ४ नेपालीको दाहसंस्कार

विजय थापा / एचकेनेपाल डट कम –
१२ नोभेम्बर वाशिंगटन डिसी। गत शुक्रबार नोभेम्बर ४ तारिख कार दुर्घटनामा दुखदायी निधन भएका चार नेपालीको जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दू परम्परा अनुसार दाह संस्कार गरिएको छ।

निसान अल्टिमा नामक कारमा सवारमा रहेका गाडी दुर्घटना शुक्रबार राति करीक ९ बजे भएको थियो। दुर्घटनामा गुल्मी घर भई काठमाडौं अनामनगर बस्ने चिरन्जीबी खनाल, उनकी पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको थियो।

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दाग वत्ती दिएका थिए। त्यस्तै दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतीक सुवेदीले दाग वत्ति दिएको भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिल मणि दाहालले बताए।

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले जनाएको छ।

अन्त्येष्टि कार्यक्रममा जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया ,टेक्सासलगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस दुखद घडिमा निधन भएकाहरूप्रति हार्दिक समवेदना दिदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो। त्यस्तै यस विपतिमा भोक प्यास नभनी खटने जर्जिया विश्वबिद्यालयस्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनु हुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।


अमेरिकामा कार दुर्घटनामा चार नेपालीको मृत्यु र दुई घाइते

विजय थापा / एचकेनेपाल डट कम –
७ नोभेम्बर वाशिंगटन डीसी। अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटनामा परेर गत शुक्रबार घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ।

उक्त कारमा सवार ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जनाइएको छ।

पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमाडौं अनामनगरका चिरन्जीबी खनाल, उनकी पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको हो। पछाडी बस्ने चार जना सबैको मृत्यु भएको हो। गाडीको अगाडी बस्ने समिर खनाल तथा सुबाश खनाल घाइते भएका छन्। उनीहरु खतरामुक्त रहेको जनाइएको छ।

गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा उनकी धर्म पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकी प्रेमिकाको मृत्यु भएको छ। मृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको भर्जिनियामा बसोबास गर्ने एक आफन्तले बताए। लक्ष्मी पूजाको दिन आफूसंग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै बताए। उनले प्रहरीको सम्पूर्ण बिबरण आएपछि अन्य थप जानकारी दिने बताए।

निसान अल्टिमा नामक कारमा सवार गरि रहेका उक्त गाडीको दुर्घटना शुक्रबार राति करीब ९ बजे भएको थियो। कार २९६ नामक जर्जिया राजमार्गमा १८ पाङ्ग्रे ठूलो भीमकाय मालबाहक गाडीसंग ठोकिन पुगेको थियो।

प्रत्यक्षदर्शी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना देखेको बताए। माल बाहक (ट्रक )चालकलाई सामान्य चोट लागेको छ। दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो।

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पारिवारिक श्रोतका अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिरको निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका बुझिएको छ।





Comments

comments

Leave a Reply

14887