Breaking News: हङकङमा कन्ट्रक्सन दुर्घटनामा १ नेपालीको मृत्यु ३ घाइते …

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ नोभेम्बर । चाईना बोर्डर नजिक शुक्रवार साँझ काम गर्ने बेलामा स्काफोल्डिङ लडेर स्टिलले लागेपछि एक नेपालीको मृत्यु भएको छ। घटनामा ३ नेपाली घाइते भएका छन्।

मृत्यु हुनेमा युन लङ बस्ने पोखराका ५० वर्षीय रबि गुरुङ (काईंला) रहेका छन्। उनको शनिवार बिहान करीब ४ बजे उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। घाइते युवराज राई, मिलन र पहिचान नखुलाइएका अर्का नेपाली गरी तीन जनालाई उपचारको लागि अस्पताल लगिएकोमा एक जना सामान्य उपचारपछि घर फर्किएका छन्।

मृतक रबिका ४६ वर्षीया श्रीमति, २५ वर्षीया छोरी (विवाहित), २२ र १८ वर्षका दुई छोरा छन्।

सोही घटनामा टाउकोमा गम्भीर चोट लागेका ३८ वर्षीय युवराज राईको अस्पतालमा उपचार भइरहेको छ। घटनामा सामान्य घाइते भएका दुईमध्ये एक सामान्य उपचारपछि घर फर्किसकेका छन्।

प्रत्यक्षदर्शीका अनुसार स्काफोल्डिङ असन्तुलित भएर कामदारहरु खसेको बताएपनि कन्ट्रयाक्टरले घटनाको विवरण राम्ररी खुलाउन चाहेका छैनन्। घटनाको यथार्थ बिवरण बाहिर नल्याएपछि मृतक गुरुङका परिवार तथा आफन्त आक्रोशित बनेका छन्। काम सकेर झर्नेबेलामा सो घटना भएको बताईन्छ। उनीहरु सेन्झेननजिक लाईटन एशिया कन्स्ट्रक्सन अन्तर्गत लिङ्टन निर्माण क्षेत्रमा कार्यरत थिए।

श्रम विभागका प्रवक्ताले घटनाको छानबिन शुरु भइसकेको र ठेकेदारलाई निलम्बनको नोटिस पठाइसकेको बताएका छन्। साथै असुरक्षित काम यथाशीघ्र रोक्न आदेश दिएका छन्। प्रवक्ताले पीडित परिवारलाई आवश्यक सहायता प्रदान गर्न, घटनाको जाँच गर्न र जाँचअधिकारीहरुलाई पूरा सहयोग गर्न निर्देशन दिएका छन्।

फोटो / भिडियो सौजन्यः अनटिभि , घटनाबारे तपाईहरुलाई थप जानकारी भए कृपया तल कमेन्टमा पोष्ट गर्नुहोला।

दुखद खबर::: RIP:::::

हङकङमा १ नेपालीको मृत्यु ३ घाइते …
//////////////////////////////////////////////////////////////////////////////

चाईना बोर्डर नजिक हिजो साँझ काम गर्ने बेलामा अचानक खसेको स्टिलले लागेर एक नेपालीको मृत्यु भएको छ। घटनामा ३ नेपाली घाइते भएका छन्।

मृत्यु हुनेमा युन लङ बस्ने पोखराका रबि गुरुङको आज बिहान करीब ४ बजे मृत्यु भएको जनाएको छ। घाइते युवराज, मिलन र पहिचान नखुलेका अर्का नेपाली गरी तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

भिडियो सौजन्यः अनटिभि , घटनाबारे तपाईहरुलाई थप जानकारी भए कृपया तल कमेन्टमा पोष्ट गर्नुहोला।

Posted by HKNepal.com on Friday, 11 November 2016

.





Comments

comments

Leave a Reply

14973