Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङ अमेरिकाको साँगीतिक यात्रा सकेपछि हङकङतर्फ…

काठमाडौं, ८ मंसिर । दायाँ–वायाँ बडीगार्डसहित स्टेजमा आइपुग्दा धेरै जुक्किए, कतै बलिउड वा हलिउड स्टारको त प्रवेश हुँदै छैन ? तर, एकैछिममा दर्शकको कौतुलता भंग भयो, जहाँ नेपाली गायनका मेगास्टार राजेशपायल राई थिए । यी मेगा स्टार गएको शनिबार न्युयोर्कको एक कार्यक्रममा फरकशैलीमा प्रस्तुत भए।

‘राजेशपायल राई लाईभ इन न्यूयोर्क साँझ’ नाम दिइएको सांगीतिक कार्यक्रममा उपस्थित हुँदा राजेशपायललाई ठूला ठूला पाखुरा भएका बडीगार्डले स्टेजसम्म आइपुग्न सुरक्षा दिएका थिए। हलिउड र बलिउडका स्टारलाई सुरक्षा दिँदै आएको सुनिएको हो । तर नेपाली कलाकारलाई यसरी कडा सरक्षा दिइएको भने सायद यो पहिलोपटक हो। जो नेपाली गायन क्षेत्रका मेगास्टारले त्यो अमेरिकाको न्युयोर्कमा सम्मान पाएका छन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस हलमा भव्य रुपमा सम्पन्न कार्यक्रममा न त आसन ग्रहण थियो, न त भाषण । जहाँ राजेशपायले एककोरो मनोरन्जन प्रदान गरेका थिए।

कार्यक्रममा ‘नाई नभन्नु ल-२’ को शिर्ष गीतबाट गाउँन सुरु गरेका मेगास्टार राजेश पायल राईले ‘तिमीले बाटो फेर्यौ अरे’, ‘म त मर्छु कि क्या हो ठूली’ , ‘सिरै फुल्यो’ , ‘दित्तेल बजार’ , ‘धरान धनकुटा’ , ‘मोहनी लाग्ला है’, ‘दर्शन नमस्ते’ र पछिल्लो एल्बम ‘दर्शन नमस्ते-३’ का शिर्ष गीत लगायत लगभग ३५ वटा लोकप्रिय गीतहरु गाएका थिए भने ‘सागर सरी चोखो माया’ मा एन्जिला राईले साथ दिएकी थिइन् । प्रत्येक गीतको अन्त्य संगै हल दर्शक श्रोताको वान्स मोरको हुटिङ्ले गडगडाहट हुन्थे । दर्शक श्रोताहरुले उनको जोसिलो र ऊर्जावान प्रस्तुतिमा नाचेर साथ दिदादिदै रातको एक बजेको पत्तैपाएनन्।

कार्यक्रम आईलाईन क्रियसनको तर्फबाट प्रशन राई,ले आयोजना गरेको हो । अमेरिकाको सफल सांगीतिक भ्रमणपछि यहि नोभेम्बर २४ मा गायक राई हङकङ प्रस्थान गर्दैछन्।





Comments

comments

Leave a Reply

15133