Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हातखुट्टा बाँधेर ५५ लाख डकैती

ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ।

नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र छिरेका थिए।

हातमा रड लिएर छिरेका उनीहरूले परिवारका ६ जना सदस्यलाई नै मार्ने धम्की दिदै डोरीले हातखुट्टा बाँधेका थिए । आफूहरूलाई मुखमा समेत टेपले बाँधेर लुटपाट गरेको पीडितहरूले बताएका छन् । नकाबधारी समूहले मार्ने धम्की दिई दराजको साँचो देखाउन लगाई नगद र सुनका गहना लिएर भागेका हुन्।

साढे दुईतले घरमा पहिलो तलाबाट राई परिवारले ट्रान्सपोर्टसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका थिए । माथिल्लो तलामा उनीहरू बस्दै आएका थिए । एउटा ढोकामा मात्र ताला लगाएकाले डकैती गर्नेहरूलाई सजिलो भएको थियो । राजधानीमा करिब दुई वर्षपछि डकैतीको घटना भएको हो । पेसेवर आपराधिक समूहले नै राईको परिवारका बारेमा सूचना पाएर डकैती गरेको हुनसक्ने प्रहरीको आशंका छ।





Comments

comments

Leave a Reply

15292