Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
माघ ४ गतेदेखि पोखरामा १५ औं आहा रारा गोल्ड कप हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माघ ४ गतेदेखि पोखरामा १५ औं आहा रारा गोल्ड कप हुने

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १९, मंसिर। पोखराको सहारा क्लवद्धारा संचालित पश्चिमाञ्चलको प्रतिष्ठित आहा रारा गोल्ड कपको १५ औं संस्करण आउदो माघ ४ गते हुने भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ माघ १५ गतेसम्म पोखरा रंङ्गशालामा संचालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) संग समय तालिका मागे अनुसार उनीहरुले उक्त समय दिएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

यस बर्ष पनि राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लव, ३ विदेशी, ३ विभागिय र आयोजक एक टिमसहित १२ टिमको सहभागिता हुने भएको आचार्यले बताए । प्रतियोगितामा विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन भने उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइृकल प्रदान गरीने भएको छ।

अध्यक्ष आचार्यले भने “ खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार नै हामीहरुले उक्त प्रतियोगिताको आयोजना गर्न तयारी सुरु गरी सकेका छौं। ” १३ औं सागका केहि खेल जसमध्य फुटवल खेल पोखरा हुनु पर्ने क्लवले जोडदार माग राख्दै आएको छ।

प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्दै वचत भएको रकम सहारा एकेडेमीमा खर्चीने भएको बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक केशवबहादुर थापाले बताए । हाल तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु रहेका छन । सहारा क्लवका सल्लाहकार एवं एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले सहाराले विसुद्ध सामाजिक कामको साथमा फुटवल प्रतियोगिता आयोजना भएकोले विदेशबाट समेतसहयोग जुट्दै आएको बताउदै यस बर्ष पनि विदेशबाट सहयोग प्राप्त हुने जनाए।

हङकङ सहाराका अध्यक्ष दिपक गुरुङले यस बर्ष पनि भाग्यशाली एक जना दर्शकलाई एक तोलाको औठी उपहार दिने घोषणा गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले आहा रारा गोल्ड कप सफल पार्न आफ्नो क्षेत्रबाट पुर्ण सहयोग गर्ने वचन दिए । मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले सहाराको राम्रा कामको मुल्याङकन गरी निरन्तर रुपमा प्रायोजना गर्दै आएको बताए । उनले भने“यहाँ उद्योग धन्दा संचालन गर्ने वातावरण छैन, यदी हामीलाई यहाँ उद्योग संचालन गर्ने वातावरण दिनुहोस हामी यहाँका युवालाई रोजगार दिन्छौं ।” उक्त अवसरमा सहाराका उत्पादन शुशिल लामा र लक्ष्मण जिसीलाई फुलमाला लगायर सम्मान गरीएको छ । एनआरटि क्लवलाई बी डिभिजनबाट एक डिभिजनमा पु¥याउन दुई खेलाडीहरुको पनि महत्वपुर्ण भुमिका भएको भन्दै क्लवले सम्मान गरेको हो।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷एन्फा,कास्की÷सहारा यु.के.÷सहारा हङ्गकङ्ग÷सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोग, अफिसियल ड्रिङ्ग वाटर ईको पानी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर सहयोगी संस्थाहरु याट्स,एल जि.टि.भी.समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको महासचिव केशवराज बरालले बताए । उक्त प्रतियोगिताबाट करीब एक करोड ७ लाख ८२ हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । १२ दिनसम्म संचालन हुने उक्त प्रसितयोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार ३ सय रुपैया खर्च हुने भएको महासचिव बरालले जनाए।





Comments

comments

Leave a Reply

15308