हङकङका स्रष्टा देश सुब्बा वाशिंगटन डिसीमा…

बिजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डी​​ सी। नेपाल धरान घर भै हाल लामो समयदेखि हङकङमा बस्ने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बासंग डीसीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

अमेरिकाको राज्यहरुमा बिभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुगेका सुब्बासंग डीसी महानगर क्षेत्रमा बिभिन्न पेसामा संलग्न ब्यक्तिहरुको पहलमा उक्त कार्यक्रम भएको हो।

कार्यक्रममा आसन ग्रहण तथा अन्य औपचारिक कार्यक्रमलाई थाँती राख्दै भयवादी साहित्यिक धाराका अभियन्ता सुब्बलाई मन्तब्य राख्न दिइएको थियो। सुब्बाले आफ्ना मन्तब्य बिस्तृतसंग राख्दै मन्तब्यपछि केहि जिज्ञासा समेत राखिएका थिए।

मन्तब्य क्रममा सुब्बाले धेरै शक्तिशाली अध्यारोलाई छोडेर उज्यालोतर्फ गए झै चर्चा गर्दै तर बैज्ञानिकहरुले अध्यारोलाई महत्व दिई रहेको बताए। उनले उज्यालोलाई महत्व दिए जस्तै भयलाई छोडेर आदिम कालीनदेखि आएको बताए।

उनले फेरि भयलाई हामीले अवीस्कार नगरेको भन्दै तर वादलाई जोडेको प्रसंग निकाले भने भय कसरी हुन्छ ? कहाँ हुन्छ भन्ने चर्चा नगरीकन बृहत रुपमा उनले चर्चा सुरु गरे।

कुन कुरालाई उठान गर्दा बिश्वमा स्थापना हुन सक्छ। आधुनिक काल र मध्यकालले पनि छोडेको छ र त्यही कुरालाई उठाउँदा स्थापित हुन सक्छौ भने। र यसरी छोडिएको कुरा उठाउनु पर्ने आफ्नो मान्यता रहेको बताए। उनले एक शक्तिले अर्को शक्तिलाई दबाउने हुन्छ भन्दै त्यहा पनि भय भएर त्यस्तो भएको बताए।

कसैमा रहेको डरलाई पहिला हटाउनु पर्छ त्यों हटेमा उसले आफ्नो कुरा भन्ने बताए। त्यो भयपछि मात्रा समस्याका समाधानका बाटाहरु निस्कने बताए। सुब्बाले थुप्रै उदाहरणसहित भयबादका सिद्धात तथा अन्य बिषयमा बोलेका थिए।

कार्यक्रमको संयोजन साहित्यकार तथा लेखक लेखनाथ भण्डारीलगायत अन्यले गरेका थिए।





Comments

comments

Leave a Reply

15371