Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता (भिडियोसहित)

न्यूयोर्क, नेपाली लोक दोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायिका संगिता थापाले यतिबेला देश भक्तिको गीत लिएर बजारमा आएकी छन्।

बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएकी थापाले म त नेपाली मेरो देश नेपाल भन्ने बोलको राष्ट्रिय गीत लिएर बजारमा आएकी हुन्।

….
[wds id=”2″]
….

यतिबेला नेपालीहरुमा राष्ट्रियताको मोह भन्दा पनि ब्यक्तिबादी मोहहाबी हुन लागेको देखेर अमेरिकाबाट आफू राष्ट्रिय गीत लिएर आएको बताएकी छन्। हाल कोरियामा बस्दै आएका सिपी मगर र अमेरिकामा रहेकी गायिका थापाले बिदेशमा बस्दा देखेका र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई गीतमा समेटेका छन्।

मर्गस क्रियसनले निर्माण गरेको भिडियोमा राष्ट्रियता झल्काउदै गायिका थापा आफैले अभिनय पनि गरेकी छन्। दर्शकहरुको माया पाएमा आगामी दिनमा लोक गीतका साथै राष्ट्रिय गीतहरुलाई पनि निरन्तरता दिने थापाले जनाएकी छन्। थापाले यसअघि नै दुई दर्जन भन्दा धेरै गीतहरुमा स्वर दिएकी छन्।





Comments

comments

Leave a Reply

15382