विमान दुर्घटना भएपछि काबुल विमानस्थल अबरुद्ध

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम–
कावुल, मंसिर २५ । अफगानिस्ताको हेरात प्रान्तबाट केहि यात्रुहरुसहित आएको साफि एयरवेज हमिद काजर्य अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार अपरान्ह १२ बजे आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा पर्यो।

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट कावुल आईरहेको वोईङ्ग ७३७ साफि एयरवेज कावुल अन्तर्राष्ट्रिय विमानस्थलको रन्वे फ–११–२९ लेन्डिङ्ग टच पोइन्टबाट अवतरण गर्ने क्रममा लेन्डिङ्ग पोईन्टबाट करिब ७ सय मिटर टाढा रन्वे ई–११–२९ पुगेपछि दायाँतीरको लेन्डिङ्ग गीयर अचानक काम गर्न छाडेपछि विमान दुर्घटना भएको हो।

दुर्घटनाको कारण विमान तथा रनवेमर्मत भईरहेकोले दिनभर विमानस्थल अवरुद्ध भयो। कावुल विमानस्थलमा कार्यरत अनिष तामाङ्गका अनुसार सन् २०१३ मा पनि यस कम्पनीकै विमान दुर्घटना भएको उनले बताए।

घटनामा कुनै मानविय क्षति नभएको विमान सुरक्षादलले जनाए पनि केहि सामान्य घाईतेहरुलाई विमानस्थल नजिकैको नेटो बेस क्याम्प अवस्थित रोल टु हस्पिटलको आकस्मिक कक्षमा उपचार भईरहेको स्रोतले जनाएको छ। यो एयरलाइन्स अफगानिस्तानकको एक मात्र प्रमुख एयरलाईन्स भए पनि केहि वर्ष यता आर्थिकलगायत विभिन्न समस्याबाट ग्रसित बनिरहेको छ।

अफगानिस्तानको नागरिक उड्यन विभागले यस विमान कम्पनीलाई कर तथा ऋणको कारण गत सेप्टेम्बर अघि सम्म उडान भर्न स्थगित गरिएको थियो।





Comments

comments

Leave a Reply

15384