प्रचण्डको सम्पत्ति ३ तोला सुन र एक कठ्ठा जमिनमात्र …

काठमाडौंः सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सम्पत्ति विवरण सर्वजनिक गरेको छ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्ड सुशील कोइरालापछिकै गरिब देखिएका छन्। प्रचण्डको आफ्नो नाममा कतै जग्गा छैन भने श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुरमा एक कट्ठा पैतृक सम्पत्ति भएको देखाइएको छ।

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमा सुन भने ३ तोला भएको र उक्त सुन समेत पैतृक भएको उल्लेख गरिएको छ। यसरी हेर्दा प्रधानमन्त्री प्रचण्ड गरिब प्रधानमन्त्रीकै दर्जामा देखिएका छन्। उनको बैंकमा खाता छैन भने कुनै सवारी साधन समेत छैन।

….
….

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक सम्पत्ति विवरण अनुसार गृहमन्त्री निधिको सम्पत्ति अर्बौ देखिएको छ । निधिसँग ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ। त्यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा भने गरिब देखिएका छन् । उनको रोल्पामा आठ रोपनी सुख्खा पाखो जग्गा र एभरेष्ट बैंकमा ८० हजार रहेको उल्लेख गरिएको छ।

सरकारले २७ मन्त्री र १४ राज्यमन्त्रीको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको खबर अन्नपूर्णपोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

15447