पूर्वप्रधानमन्त्री नेपालकी पत्नीलाई टर्कीमा इन्टरपोलको प्रहरीले किन थुन्यो…?

टर्कीको स्तानुबुल विमानस्थालमा आफु माथि भएको ब्यबहार प्रति माधव नेपाल पत्नि गायत्री नेपाल(आचार्य) अझै तानवमा छन् । उनी अझै पनि सो घटनाबारे के भएको भन्ने निष्कर्षमा पुग्न नसकेको निकट स्रोतले बतायो ।

स्रोतका अनुसार उनी माथि भएको घटना एउटा संयोग वा षडयन्त्र जे पनि हुन सक्ने भन्दै उनले यसबारेमा सबै यर्थाथ थाहा नपाई कसैसग केही प्रतिक्रिया समेत नदिएकी हुन्।

अमेरिकाको न्युअर्कोमा मंसिर ११ देखी हुने बल्र्ड पीस फाउन्डेशनको सम्मेलनमा भाग लिन पूर्ब प्रधानमन्त्री माधवकुमार नेपाल, उनकी धर्म पत्नि गायत्री नेपाल सहितको ९ जनाको टोली त्यस तर्फ प्रस्थान गरेको थियो ।

तर ट्रान्जिट मानिएको इस्तानुवल बिमानस्थामा नेपाल पत्नि गायत्रीको पार्सपोर्टमा त्यहाको सुरक्षा निकायले प्रश्न उठाए पछि उनी एकदिन पछि मात्र अमेरिका पुगिन्।

टर्कीको व्यस्त स्तानबुल विमानस्थलको बिजनेस कक्षमा बस्दासम्म गायत्री आचार्य (नेपाल) लाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहै थिएन । जब उनी आफ्ना श्रीमान् माधवकुमार नेपालसँगै अमेरिकातर्फ जाने टर्किस एअरको जहाज चढ्न निस्किन, त्यतिबेला त ‘मिसेस आचार्य, मिसेस आचार्य’ भन्दै माइकमा नाम बोलाइरहेको रहेछ । त्यसपछि भने उनी आश्चर्यमा परिन ।

बुझ्दै जाँदा उनलाई अध्यायगमनका कर्मचारीहरुले सोधे ‘तपाईंको राहदानी हराएको वा चोरिएको थियो ? ‘उनले त्यो दुबै नभएको जवाफ दिईन। तर सुरक्षाकर्मीले त्यस कुरामा विश्वास गरेरनन। उनीहरुल नेपाललाई जानकारी गराए ।

‘यो नम्बरको राहदानीको इन्टरपोलले खोजी गरिरहेको छ’ पूर्ब प्रधानमन्त्री नेपालले पनि सुरक्षा निकायलाई आफु नेपालको पूर्ब प्रधानमन्त्री भएको र उनी आफनो श्रीमती भएको भन्दै बारम्बर अनुरोध गरेका थिए । तर पनि सुरक्षा निकायले त्यो कुरा सुन्न चाहेन ।

नेपाल चढेर गएको टर्किस एआरलाईन्सका कर्मचारीहरुले पनि नेपालका कुरालाई पुस्टि गर्दै छोड्न अनुरोध गरेका थिए । यस्तो अबस्था देखेपछि साथमा रहेका अरु सबै छक्क परे । गायत्री नेपालसँग सामान्य होइन, कुटनीतिक राहदानी थियो र त्यसको अवधि एक वर्ष थियो । कहिल्यै हराएको वा चोरी समेत भएको थिएन । तर टर्किस अधिकारीहरु यो मान्न तयार भएनन् । उनीहरुले आफूहरुलाई प्राप्त निर्देशन मात्र नेपाललाई सुनाइरहे ।

….
….

अध्यागमनको सबै प्रक्रिया सकिइसकेको थियो र अरु मानिसहरु अघि नै विमानमा चढिसकेका थिए । नौ जनाको नेपाली टोली मात्रै बिजनेस लाउन्जबाट निस्किएको थिए ।जहाज उड्नै लागेको सूचना आइरहेको थियो । सबैका सामु एअरलाईन्सका कर्मचारीहरुले प्रश्न सोधे- ‘क्लियरेन्स नभएसम्म उहाँ जान सक्नुहुन्न, अरु जाने कि यहीँ बस्ने छिटो निर्णय दिनूस, जहाजले कुर्दैन ।’ गायत्री नेपालको यो पहिलो अमेरिका भ्रमण थिएन, तेस्रो थियो ।

यसअघि दुई पटक अमेरिका जाँदा प्रयोग भएका कुटनीतिक राहदानीको म्याद सकिए पनि उनले साथैमा बोककी थिइन् । जुन सामान्यतः अरुले बोक्दैनन् । ती राहदानी र भिसा देखाउँदा पनि अधिकारीहरुले उनलाई छोडन, मानेनन् ।

त्यतिबेला त्यहाँबाट कतै सम्पर्क गर्ने स्थिति पनि थिएन । बाशिंगटनमा भोलिपल्ट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व शान्ति सम्मेलनमा बोल्ने कार्यक्रम थियो । त्यसैका लागि टोली अमेरिका जान लागिरहेको थियो त्यसैकारण उनलाई छोडेर भारी मन लिएर माधव नेपाल अमेरिका उडे । गायत्री नेपाल त्यहीँ बसिन ।

गायत्रीको एकछिनपछि बल्ल नेपालमा सम्पर्क भयो र प्रहरी प्रधान कार्यालय र परराष्ट्र मन्त्रालयमा खबर हुँदा हल्लीखल्ली मच्चियो । दुबै निकाय तत्कालै जुटे र तीन घन्टामा इन्टरपोलबाट क्लियरेन्स आयो । अमेरिकी दूताबासले कुटनीतिक राहदानीमा लगाएको पाँच वर्षे भिसामाथि पनि शंका गरिएपछि राती नै वाशिंगटन र नेपाल दुबैतिरबाट लिखित र मौखिक रुपमा स्पष्ट पार्ने काम भएको थियो ।

राहदानी विभागका अधिकारीहरुले बताए अनुसार, सन् २०१४ मा हराएको कुनै व्यक्तिका राहदानीको नम्बरसँग गायत्री नेपालको नम्बर मिलेका कारण यस्तो दुर्घटना हुन पुगेको खबर अन्नपूर्णपोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

15449