एमालेको भ्रातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ।
गोली प्रहारबाट घाईते बनेका अध्यक्ष तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । तिवारीमाथि दिउंसो करिब साढे ३ बजे देवदह ६ खैरनीस्थित उनको घर नजिकै गोली प्रहार भएको हो।