मुद्दा हारेपछि प्रेरणाको अर्बौं पर्ने दाइजो अब सरकारको

तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ।

सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ । पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की र सपना मल्लको संंयुक्त इजलासले दाइजोको जग्गा सरकारकै नाममा ल्याउने फैसला गरेको छ।

तत्कालीन राजदरबारका नाममा रहेको जग्गा सरकारले नेपाल ट्रस्टका नाममा ल्याउने तयारी गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए।

सरकारले १ पुस ०६४ मा नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राख्ने निर्णय गरेको थियो । सरकारको निर्णयपछि प्रेरणाले कानुन अनुसार बाबुबाट दाइजो पाएको जिकिर गर्दै आफ्नै नाममा गरिदिन सर्वोच्चमा रिट दायर गरेकी थिईन।

अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको प्रेरणाको जिकिर थियो ।तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले ट्रस्टको नाममा गरिएको दर्ता खारेज गरी प्रेरणाकै नाममा दर्ता हुने परमादेश जारी गरेका थिए।
….
….
प्ररेणाको दाबी
काठमाडौ महानगरपालिका–१३ को कित्ता नम्बर २५ को करिब १५ रोपनी जग्गामाथि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी सिंहले दाबी गरेकी छन्।

सिंहले २०६२ जेठ १० मा तत्कालीन राजा राजा ज्ञानेन्द्र शाहबाट दाइजो स्वरुप प्राप्त गरेको दाबी गरेकी छन् । उनले आफ्नो नामको जग्गा नेपाल ट्रष्टले हडपेको भन्दै आफ्नो नाममा कायम गराउन माग गर्दै २०७१ माघ २५ गते अदालतमा मुद्दासमेत दायर गरेकी थिइन्।

तर, नेपाल टष्टले भने उक्त जग्गा २०६४ सालसम्म श्री ५ महाराजधिराजको नाममा रहेकोले स्वतः नेपाल टष्टमा आउने दाबी गर्दै २०६७ असोज ८ गतेको मन्त्रीपरिषद्को बैठकले जग्गा ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गरेको थियो।

मालपोत कार्यालय कंलकीले २०६४ पुस ३ गते ट्रष्टलाई पत्र लेखी उक्त जग्गा श्री ५ महाराजधिराज नारायणहिटी राजदरबारको नाममा रहेको जानकारी दिएको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

15802