Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्की आदर्श सेवा समाज, कतारको भलिवल प्रतियोगिता सम्पन्न !

बिल गुरुङ दोहा, कतार । कास्की आदर्श सेवा समाज, कतारद्वारा आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिता सनैया – ४१ स्थित खालिद सिमेन्टको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको छ।

कतारमा प्रत्येक बर्षको फेव्रुअरी महिनाको दोस्रो हप्ता मनाइने खेलकुद दिवसको अवसरमा नेपाली समुदाय विच उक्त प्रतियोगिता सम्पन्न गर्ने भनिए पनि मौसम प्रतिकूलका कारणले सम्पन्न हुन नसकेपछि मार्चको १६ र १७ तारिख सम्पन्न गरिएको थियो । प्रतियोगितामा आयोजकको तर्फवाट दुई टिम थिए भने अन्य १५ टिम कतार स्थित संघ संस्था, कम्पनी र नेपालको ठाउँ विशेश नामाकारण गरी सहभागि भई जम्मा १७ टिमले प्रतिस्पर्धामा भाग लिएका थिए । खेल विहिवार रातीवाट शुक्रवार मध्यान्न सम्म जारी रहेको थियो । सहभागि खेलाडिहरुले अत्यन्तै अनुशासित भएर आफ्नो खेल प्रदर्शन गरेका थिए।

समय अनुकूल मिलाएर लामो समय देखिको गृहकार्यपछि कास्की आदर्श सेवा समाज, कतारको खेलकुद विभागले यो प्रतियोगिता आयोजना गरेको संस्थाका प्रतिनिधिहरुले जनाएका छन्। प्रवासमा रहंदा कामको थकान मेटाउन, स्वस्थ जीवन यापन गर्न प्रेरित गर्न खेलको माध्यमवाट एक आपसमा भाई भातृत्व कायम राख्न आदि उद्देश्यले यो प्रतियोगिता सन्चालन गरिएको संस्थाका अध्यक्ष मनप्रसाद रानामगर र खेलकुद संयोजक जीवनकुमार सुनारद्वयले वताए।

प्रतियोगिता सम्पन्न गर्न कार्यसमितिका पदाधिकारी, खेलकुद विभाग, खेलाडिहरु र उपस्थित कस्केलीहरुले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका थिए। झन्डै लगातार २४ घण्टा लागेको सो प्रतियोगितामा संस्थाका पूर्व अध्यक्ष एवम वर्तमान प्रमुख सल्लहकार आशवहादुर गुरुङ, संस्थाका अध्यक्ष, खेलकुद संयोजक, स्वयम सेवक संयोजक मनवहादुर कुवर, टिम कोच तथा कोअर्डिनेटर अमृत सुनार, राज कुमार, केन्द्रिय सदस्यहरु बाबुराम थापा, महेन्द्र गिरी, भिम गिरी, सुर्य सुनार, विश्वबन्धु थापा, अग्नी देवकोटा आँखा झिमिक्क नगरि भव्य रुपमा सम्पन्न गर्न खटिएका थिए । त्यसै गरी पूर्व खेलाडी गोपी रसाइली, पसवहादुर, लक्ष्मण सेवा लगायतले अन्त्य सम्म खटिएर अफिसियलको भूमिका निभाएका थिए भने खेलको सेड्युल मिलाउन खुशी गुरुङ पनि २४ घण्टा नै खटिएका थिए । साथै फेवा सांस्कृतिक परिवारका कलाकार द्वय तुलवहादुर परीयार र प्रेम अधिकारिले बिच बिच मा सांगेतिक कोशेली पस्कदै दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए।

अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न खेलमा कास्की अदर्श सेवा समाज रातो र सेतो, मोना कतार, म्याग्दी पुन क्लब, रुकुम सेवा समाज, बाग्लुङ सेवा समाज, तमु (गुरुङ) समाज, कास्की पोखरा, बिश्वकर्मा समाज कतार, स्याङ्जा ज्याग्दी खोला, राईजिङ नेपाल, बाग्लुङ राङखानि सेवा समाज, बुर्तिबाङ् स्पोर्टस क्लब, निउ अबुनखोला, तमु प्ये ल्हु संघ कतार शाखा, मध्यपश्चिम युवा क्लब, रेडको ईन्टरनेशनल सहभागिता रहेको थियो । कडा मेहनत र ज्यादै राम्रो प्रदर्शन पछी विजेता हुँदै कास्की र मोना कतार फाइनलमा प्रवेश गरेको थियो । डेस्टप ५ मा भएको प्रतिस्पर्धामा कास्किले १ सेट को विरुध्द ३ सेट को जित निकाल्दै प्रथम स्थान हासिल गरेको थियो । त्यसै गरी प्रतियोगिता अवधिभर सर्वोउत्कृष्ट खेलाडिको रुपमा मोना कतारका राजकुमार थारु छनिएका थिए । सम्पूर्ण विजेता टिमका खेलाडिहरु, रेफ्रि, सहयोहीहरुलाई संस्थाका अध्यक्ष, प्रमुख सल्लाहकार, तमु (गुरुङ)समाजका अध्यक्ष रस तमु, संस्थाका केन्द्रिय सदस्यहरु लगायतले संयुक्त रुपमा कप, नगद, प्रमाण पत्र, मेडल र मायाको चिनो हस्तान्तरण गरेका थिए । झन्डै २४ घण्टा लागेको कार्यक्रम खेलकुद संयोजक जीवनकुमार सुनारले नै सन्चालन गरेका थिए।

अन्त्यमा, प्रथम र द्वितीय हुने दुवै टिमलाई वधाइ तथा शुभकामना व्यक्त गर्दै यो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सहभागि भएका सम्पूर्ण टिम, संघ संस्थाका प्रतिनिधि, खेल मैदान व्यव्स्थापन, अहोरात्र खटिने सम्पूर्ण कार्यसमितिका साथीहरु, खेलाडिहरु लगायत दर्शक महानुभावहरुलाई एकमुष्ठ धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष मनप्रसाद रानामगरले कार्यक्रम समापन गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

16856