Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक स्वरूपराजको अर्को सुमधुर गीत म्युजिक भिडियोसहित आउँदै

प्रकाश अर्याल –

काठमाडौँ। सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यले निकै आशा गरिएको ‘यो साँझ एक्लै छोडिदेउ मलाई’ म्युजिक भिडियोसहित रिलिज हुने तयारीमा छ।

यो गीत लोकप्रिय गीतहरुको सूचीमा पर्ने निकै आशा लागेको गायक स्वरूपले बताएका छन्। गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग रम्न दिन आग्रह गरेका छन्।

गत मात्र रेकर्ड गरिएको गीतको संगीत संयोजन सन्जीब बराइलीको रहेको छ। उक्त गीतको म्युजिक भिडियोको स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको छ। म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना राईले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीको रहेको छ।





Comments

comments

Leave a Reply

16901