Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मिर्गौला पीडित गायक तथा संगीतकार सुक गुरुङलाई सहयोग गर्न अपिल – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिर्गौला पीडित गायक तथा संगीतकार सुक गुरुङलाई सहयोग गर्न अपिल

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ९ चैत्र। छेक्यो छेकयो देउराली डाँडा हुस्सु र कुहिरोले…, भाइ टिकामा…., आँखैमा झलझली…, दोष कसैलाई दिन चाहान्न…, दोबाटोमा आँखाहरु नझुधेको होइन… लगायतका कर्णप्रिय गीतका सर्जक गीतकार संगीतकार सुकबहादुर गुरुङ मिर्गौला पीडित भई उपाचारको क्रममा हुनुहुन्छ । उच्चरक्तचाप र मधुमेहका कारण २०७१ साल पुस १९ गतेदेखि दृष्टि गुमाउन पुगेका ५६ वर्षीय गुरुङ दुवै मिर्गौला पीडित भई उपचाररत रहनु भएको हो।

स्रष्टा गुरुङको उपचारकै क्रममा धेरै आर्थिक खर्च हुनुका साथै आर्थिक अवस्था कमजोर रहेकाले शुभचिन्तकहरुको भेलाले सफल व्यवसायी तथा समाजसेवी जगन गुरुङको संयोजकत्वमा गीतकार संगीतकार सुक गुरुङ उपचार सहयोग समिति गठन गरी उपचार सहयोगार्थ सहयोगको संकलनका साथै चैत्र २३ गते पोखरामा विविध साँस्कृतिक कार्यक्रम गर्ने समितिद्धारा बुधवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

स्रष्टाको उपचारको लागि सहयोग समितिले पहलको जानकारी गराउनुहुदै सहयोग समितिका संयोजक गुरुङले चैत्र २३ गते दिनको १ बजेदेखि पोखरा सभागृहमा आयोजना हुने विविध साँस्कृतिक कार्यक्रमका लागि सहयोगको लागि आग्रह गर्नुभयो । मिर्गौला प्रत्यारोपणसहित उपचारका लागि करिब २० लाख रुपैया खर्च हुने अनुमान गरेका छौं, सहयोग गर्न चाहाने महानुभाव, संघ संस्थाले चैत्र २२ गतेभित्र सहयोग उपलब्ध गराइदिनु हुन उहाँको आग्रह थियो ।

पत्रकार सम्मेलनमा उपचार सहयोग समितिका आर्थिक संयोजक भिमकाजी गुरुङले हालसम्म ३ लाख ५८ हजार रुपैया संकलन भएको र सहयोगको क्रम जारी रहेको बताउनुभयो । देश, विदेशमा उपाचारका लागि सहयोग संकलन अभियानहरु भईरहेकाछन्, २२ गते भित्र अपेक्षित २० लाख रुपैया संकलन हुने उहाँले आशा व्यक्त गर्नुभयो।

साँस्कृतिक संयोजक अग्रज सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले चैत्र २३ गते सुक गुरुङको सिर्जनाका गीतहरु प्रस्तुतिका साथै हिमाली साँस्कृतिक परिवार कलाकारहरुले नृत्यहरु प्रस्तुति गर्नु जानकारी दिनुभयो । उहाँको अनुसार कार्यक्रममा कलाकारहरु बिनोद बानिया, धनबहादुर गुरुङ, अजुदा थापा, धनबहादुर गुरुङ, सागर शाह, माया गुरुङ, शान्ति गुरुङ, कर्ण दासलगायत पोखरेली हाँस्य कलाकार दीपक थापाको विशेष प्रस्तुति रहने भएको छ।

सांगीतिक स्रष्टाको उपचारार्थ हुने विविध साँस्कृतिक कार्यक्रमका लागि २ हजार, १ हजार र ५ सय रुपैयाको टिकट रहेको प्रचार संयोजक हुमबहादुर गुरुङले बताउनुभयो । समितिले विविध साँस्कृतिक कार्यक्रम मार्फत १० लाख रुपैया भन्दा बढी सहयोग जुटाउने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले स्रष्टाको उपचारका लागि समितिले स्वास्थ्य मन्त्रालय, संगीत नाट्य प्रज्ञा प्रतिष्ठान, साँस्कृतिक संस्थानसँग सहयोगको पहल, रोयल्टी समाजसँग सुक गुरुङको उपचारका लागि उहाँको गीतको रोयल्टीको बारेमा छलफल गर्न सुझाव दिनुभयो।

राज्यबाट नै उपचारमा पहल गरिनुपर्ने वरिष्ठ गीत संगीतका सर्जकलाई राज्यको तर्फबाट समेत कुनै सहयोग नभएकाले नागरिकस्तरबाट उहाँको जीवन रक्षाका लागि उपचार सहयोग अभियान सञ्चालन गरेको हो । रक्तचाप र मधुमेहका कारण दुइवर्ष अघिदेखि दृष्टि गुमाउन पुगेका मिर्गौला पीडित गुरुङलाई चिकित्सकले मिर्गौला प्रत्यारोपण गरे पश्चात स्वास्थ्यमा सुधार आउने सल्लाह दिए अनुसार उपचारका लागि समितिले पहल गरेको हो ।

पुख्र्यौली लमजुङ, जन्म चितवनको दिव्यनगर, बाल्यकाल तथा शिक्षाआर्जन पोखरा र कर्म थले काठमाडौं बनाउनु भएका गीतकार संगीतका सुकबहादुर गुरुङको एक श्रीमती जुना गुरुङ, जेठा छोरा साउदी अरब र कान्छा छोरा कतारमा कार्यरत छन् । हाल लेखनाथ डाडाकोनाक निवासी मिर्गौला पीडित बुबाका लागि आफ्नै मिर्गौला प्रत्यारोपणका लागि जेठा छोरा नेपाल आउने क्रममा हुनुहुन्छ ।





Comments

comments

Leave a Reply

16904