Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

५ लाख रुपैयाँको ‘मुन्दुम स्कलरसिप एवार्ड’ भोगीराज चाम्लिङलाई

भुमिराज राई
किरातीहरुको अलिखित जीवन दर्शन मुन्दुम तथा किराती सौन्दर्यतालाई संरक्षण गर्ने अभिप्रायले स्थापित नगद ५ पाँचलाख रुपैयाको मुन्दुम स्कलरसिप मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई दिने निर्णय भएको छ।

मुन्दुम स्कलरसिप संचालक समिति बेलायतद्वारा संचालित यस स्कलरसिप परियोजनामा किरात राई चाम्लिङ खाम्बातिम बेलायतलगायत बेलायतमा स्थापित अन्य बिभिन्न ईच्छुक किरात राई संघसंस्थाहरु आवद्ध रहने जानकारी प्राप्त भएको छ।

“हाम्रो जीवनदर्शनको अध्येताहरुलाई अध्ययन तथा खोज अनुसन्धानमा पूर्ण सहयोग मिलोस् र मुन्दुमको लिखित दस्ताबेज समाजलाई प्रस्तुत गर्न सकियोस् भन्ने उदेश्यले यो स्कलरसिपको स्थापना गरिएको हो” संस्थापक संयोजक ईश्वर चाम्लिङले बताउनु भयो।

विद्यावारिधि शोधकर्ताहरुमा मात्र निहित “मुन्दुम स्कलरसिप एवार्ड १” जागिर छोडेर मुन्दुमको खोज र अनुसन्धानमा लिप्त लागिपरेका तथा निकट भबिष्यमा नै मुन्दुममा बिधावारिधी शोधकर्ता भोगीराज चाम्लिङलाई उहाँद्वारा लिखित तथा सम्पादित मुन्दुम सृष्टि, मुन्दुम होसुङ (संस्कार) लगायतका कृतिहरु र मुन्दुममा विद्यावारिधि अध्ययनको सहयोगको लागि प्रदान गरिएको छ।

दाता संस्थाहरु मध्येको एक किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष रत्नकुमार राईले अध्येता चाम्लिङलाई “मुन्दुम स्कलरसिप एवार्ड १” को लागि हार्दिक बधाई ज्ञापन गर्दै मुन्दुममा पढ्न चाहानेहरुलाई अनन्तसम्म मुन्दुम स्कलरसिपको माध्यमबाट सहयोग गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो।





Comments

comments

Leave a Reply

16906