Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यम बरालको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी गीतकार राम लामा ‘अविनाशी’ द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ। भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रीति मोक्तानले अभिनय गरेका छन, छायॉकनमा शिब पंगेनी (नेपाल) र शंकर राज वाग्ले(अमेरिका) रहेका छन्।

त्यस्तै सम्पादन भुपेन्द्र अधिकारीको रहेको छ भने कलर समायोजन रेनिश फागोको रहेको छ साथै दीपेश दाहालको निर्देशनमा तैयार भएको म्यूजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो।

गीतकार लामाका करीब एक दर्जन गीत तथा दुई दर्जन कविता रचना सार्वजनिक भइसकेका छन्। रेड कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गीतको युट्युब प्रवर्द्धन द स्काइज मुभिजले गरेको सञ्चारकर्मी प्रदीप चापागाईंले जानकारी दिए।





Comments

comments

Leave a Reply

16911