Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा युवा लक्षित मनोरञ्जनात्मक कार्यक्रम हुने

भूमिराज राई / एचकेनेपाल डट कम –

बेलायत, दर्जनबढी नेपाली सँगीतका परिचित कलाकारहरु युकेका बिभिन्न शाहरहरुमा साँगितिक कार्यक्रममा सहभागी हुँदै गरेको र कार्यक्रमका लागि युके आउने क्रम जारी रहेकै अवस्थामा अर्को साँगीतिक कार्यक्रमका लागि गायिका मेलिना राई र अर्का प्रतिभाशाली गायक रेवत राई युके आउने भएका छन्।

ई-मिडिया हब लिमिटेड युकेको मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम बिषेश युवा दर्शकलाई लक्षित गरी आयोजना गर्न लागेको जानकारी गराउँदै ईन्टर्टेनमेन्ट सेलका प्रमुख गायक किसन राईले युबाहरुको लागि मनोरन्जन खुराकलाई सकेसम्म पूरा गर्ने गरी कार्यक्रम तयारी गरेर पस्किने तर्खर गरिरहेको बताएका छन्।

युबा प्रतिभाहरु समेटेर कार्यक्रम आयोजना गर्नको निमित्त कार्यक्रम संचालक सँचालिका लगायत युकेका सेलेब्रिटी युबाहरुलाई पनि कार्यक्रममा सहभागी गराई नेपाली कलाकारहरुका साथ साथै युकेकै स्थानीय प्रतिभाहरुलाई पनि प्लाटफर्म दिनको निमित्त र दिंदै जाने दिर्घकालीन योजना अनुरुप युबाहरुमाझ अत्यन्तै लोकप्रिय ब्लगर तथा कार्यक्रम संचालक लेक्स लिम्बु र २०१४ की मिस युके नेपाल निया देवानले कार्यक्रम संचालनको जिम्मा लिएका छन्।

अर्का परिचित अनुहार “युके डान्स अफ” की बिजेता जेन्नी सुनुवार ईडवार्डले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने छिन्। ईन्टेक बिट्सका गायक गोम्जा लामाले पनि नेपालबाट आउने गायक गायिकासंगै आफ्नो लोकप्रिय गीतहरु पस्कने छन्।

युकेका नेपाली युबाहरुलाई नेपाल र नेपाली भाषा अनि नेपाली कला र सँगीतप्रति रुची जगाउँदै कालान्तर सम्म नेपाली मूलका बेलायती नेपालीहरु र नेपाली भाषा, कला, संस्कृति अनि सिंगो नेपालसँग जोडिएर रहनको निमित्त र जोडिराख्नका लागि पनि अबका दिनहरुमा युबाहरुलाई नेपालसँग प्रत्यक्ष जोडिएर आउने भाषा, कला, सँगीत र संस्कार, संस्कृतिमूलक कार्यक्रमहरुप्रति आकर्शित गर्दै, सहभागी गराउँदै र सहभागी हुने माहोल सिर्जना गर्नु चुनौती बनी रहेका बेला ई-मिडिया हब लिमिटेड युकेले आफ्नो भूमिका निर्बाह गर्न कदम अगाडी बढाएको कुरा ई-मिडिया हब लिमिटेड युकेका सि.ई.ओ तथा गीतकार ईश्वर चाम्लिङले कार्यक्रम गर्नुको औचित्य र उद्देश्य स्पष्ट पारे।

युबा लक्षित कार्यक्रम गर्नु चुनौती र जोखिम भए पनि त्यो चुनौती र जोखिम उठाएरै भए पनि ई-मिडिया हब लिमिटेड युकेले नेपाली मूलका बेलायती युबा र नेपालको सम्बन्ध सुमधुर बनाई राख्ने प्रयास गरिरहने बताए।

निकट भबिश्यमै “एभरेष्ट आईडल” र “एभरेष्ट अवार्ड” जस्ता बृहत कार्यक्रम गर्ने योजना पारित भएर कार्यक्रमको तयारीमा जुटिरहेको ई-मिडिया हब लिमिटेड युकेलाई युकेबासी नेपालीहरुको प्रत्यक्ष सहयोग र साथ रहने प्रती आफू आशाबादी भएको बताउँदै सकारात्मक कार्यको सकारात्मक परिणाम आउनेप्रति आफ्नो टिम निश्चिन्त रहेको बताए।

गायिका मेलिना राई, गायक रेवत राई युकेका चर्चित कलाकारहरु जेन्नी सुनुवार ईडवार्ड, गोम्जा लामा अनि कार्यक्रम प्रस्तोताहरु लेक्स लिम्बु र निया देवानको साथमा “एभरेष्ट म्युजिकल ब्लाष्ट” मे २० देखि अल्डर्सटबाट शुरु भएर युकेका अन्य स्थानहरुमा लगातार मे र जुन महिना भरी कार्यक्रम आयोजना हुने छ।





Comments

comments

Leave a Reply

17430