विद्यालयलाई प्रबासबाट आर्थिक सहयोग!

सुनिल संगम

”संकल्प समाज गैडाकोट-पोर्चुगल” ले गैडाकोटस्थित नारायणी मा. बि. गैडाकोटलाई सामाजिक संजाल फेसबुक मार्फत ”अभियान गैडाकोट नेपाल” चलाई प्रबासमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरि संकलित रकम २ लाख १५ हजार २ सय १५ रुपैया बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गङ्गा बहादुर पाण्डेलाई बिद्यालय परिसरमा भएको एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा जनसम्पर्क समिति पोर्चुगलका पूर्व उपाध्यक्ष भानु सापकोटाले हस्तान्तरण गरेका छन्।

प्रमुख अतिथि भानु सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै गैडाकोटमा रहेका बिपन्न परिवार र तिनका बाल-बालिकाहरु तथा बिद्यालयलाई सहयोग पुर्याउने उद्देश्यले फेसबुक अभियान चलाई बिश्वब्य्यापी बनाइ सहयोग संकलन गरेकोमा गैडाकोटबाट अध्ययन तथा रोजगारीको क्रममा प्रबासमा बसोबास गरेकाहरुले दिल खोलेर सहायोग गरेको बताए।

कार्यक्रममा विद्यालयका निम्ति ४४ जनाद्वारा संकलित रकमको विवरण बिद्यालय ब्यबस्थापन समिति, बिद्यार्थीहरु तथा अभिभाबकहारुलाई जानकारी गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि भानु सापकोटा, जनसम्पर्कका पूर्ब कोधाध्यक्ष नारायण सापकोटा, ब्यबस्थापन समितिका अध्यक्ष गङ्गा बहादुर पाण्डे लगायतहरुले आ-आफ्नो धारणा राखेका थिए।





Comments

comments

Leave a Reply

17671