Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्चुगलमा यसरी मनाइयो बुद्धजयन्ती !

सुनिल संगम
११ मे लिस्बन, पोर्चुगलको राजधानी लिस्बनमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा मनाइएको छ।

‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी’ भन्दै शान्ति शोभा यात्राले राजधानी लिस्वनको मुख्य पर्यटकीय स्थलहरुको परिक्रमा गरेको थियो।

पोर्चुगलमा सक्रिय बिभिन्न संघ-सस्थाका प्रतिनिधिहरुका साथै नेपाली तथा विदेशी समुदायहरुको बाक्लो उपस्थिति रहेको उक्त यात्रामा पोर्चुगलस्थित नेपाली तथा पोर्चुगाली बौद्ध लामा गुरुहरुद्वारा विशेष शान्ति पूजा सहित बुद्धको मुर्ति र बिभिन्न प्लेकार्ड, ब्यानर र झण्डाहरु बोकी शान्ति शोभा यात्रामा सहभागी भएका थिए।

नेपाली बाणिज्यदूतको कार्यालय लिस्वनको आयोजना तथा पोर्चुगलका लागि नव नियुक्त पर्यटनदूत रमेश कुमार गुरुङको ब्यबस्थापन संयोजकत्व रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्चुगल, आदिवासी जनजाती महासंघ पोर्चुगल, नेपाली नारी समाज पोर्चुगल, अनेसास पोर्चुगल, तमु समाज पोर्चुगल, शेर्पा संघ पोर्चुगल, तामाङ समाज पोर्चुगल, मोना पोर्चुगल, मगर समाज पोर्चुगल, नेवा पुच: पोर्चुगल लगायतका संघ-सस्थाका प्रतीनिधिहरुले आ-आफ्नो संस्थाका ब्यानरसहित गौरबका र उत्साहपूर्वक सहभागिता जनाएका थिए।

शान्ति शोभा यात्राको अन्त्यमा आयोजक नेपाली अवैतनिक बाणिज्यदूत मकर बहादुर हमालद्वारा कार्यक्रममा सहभागी सम्पूर्ण संघ-सस्थाका प्रतिनिधिहरु तथा अन्य नेपाली तथा बिदेशीहरुलाई धन्यवाद दिएका थिए भने प्रत्यक्ष सहयोग गर्ने बिभिन्न संघ-सस्थाहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरिएको थियो साथै उक्त कार्यक्रमलाई गैरआबासीय नेपालि संघ पोर्चुगलका अध्य्क्ष भीम केसी कमल, आदिवासी जनजाती महासंघका अध्यक्ष नर भुपाल राई र पर्यटन दूत तथा गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य रमेश कुमार गुरुङले सम्बोधन गरेका थिए।





Comments

comments

Leave a Reply

17673