मिस नेपालको लागि कृतिकाको यस्तो छ तयारी…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

कृतिका गिरीको मिस नेपाल यात्रा
मिस पूर्वानञ्चल २०१६ की बिजेता कृतिका गिरी मिस नेपाल २०१७ को अन्तिम १९ प्रतिस्पर्धीको रुपमा अहिले प्रशिक्षणमा व्यस्त छिन्।

मिस नेपालमा डाइरेक्ट इन्ट्री पाएर गएकी बिर्तामोड झापाकी २० बर्षीया कृतिका ६ हफ्ता लामो प्रशिक्षण पश्चात आगामी जेष्ठ १९ गते शुक्रबार काठमाडौंमा सम्पन्न हुने मिस नेपालको फिनालेमा आफूलाई अब्बल साबित गर्न कडा मिहिनेत गरिरहेकी छिन्।

अहिले सम्मको ट्रेनिंगले आफ्नो कन्फिडेन्स लेबलमा उल्लेखनीय बृद्धि भएको बताउदै उनी मिस नेपालको ताज जित्न सक्दो मिहिनेत गरिरहेको बताउंछिन्।

काठमाडौंको ग्लोबल कलेजमा पत्रकारितामा ब्याचलर लेबलको अध्ययन गरिरहेकी कृतिकालाई मिस नेपालको मिस पपुलर च्वाइसमा जिताउन तथा फाइनल राउण्डमा डाइरेक्ट पुर्याउन मोबाइल प्रयोगकर्ताहरुले MN(space)19 टाइप गरी ३३००१ मा एसएमएस गर्नुपर्नेहुन्छ।





Comments

comments

Leave a Reply

17853