Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायती गोर्खा सैनिकहरु सगरमाथाको चुचुरोमा …

ईश्वर चाम्लिङ / एचकेनेपाल डट कम –

लण्डन। १३ जना बेलायती गोर्खा सैनिकहरुले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

गोर्खा एभरेष्ट एक्सपिडिसन नामक पर्वतारोहण अभियान अन्तर्गत सहयोगी शेर्पाहरुसहित टोलीका तीन सदस्यहरु धनिराम राई, कृष्ण थापा र निर्मल पुलामीले मे १५ तारिख सोमवार स्थानीय समयानुसार २ बजेर १० मिनेटमा शिखरमा पुग्न सफल भएका थिए।

टोलिका अन्य १० सदस्यहरु भोलिपल्ट १६ मे दिन शिखरमा पुग्न सफल भएका थिए। बिश्व बिख्यात लडाकु गोर्खा सैनिकको इतिहासमा सर्बोच्च शिखर सगरमाथा चढिएको यो नै पहिलो सफल अभियान हो। बेलायती सेनाको गोर्खा ब्रिगेडमा ऐतिहासिक नेपाल कप जस्तै यो अभियान पनि बार्षिक रुपमा अगाडि बढाइने अनुमान गरिएको छ।

बेलायतमा गोर्खा सैनिक सेवाको २०० वर्ष पूरा भएको शतबार्षिकी उत्सब मनाउदै सन् २०१५ मा पनि एक टोली सगरमाथा आरोहणमा गएको भए पनि बिनासकारी महाभूकम्प र बिशाल हिमपहिरोका कारण अभियान स्थगित गरेर उद्धार कार्यमा खटिएका थिए। त्यसबेला हिम पहिरोको कारण सयौ घाइते हुनका साथै १८ जना पर्बतारोहीले ज्यान गुमाएका थिए।

बेलायती सेनाको सैनिक इतिहासमा नै पहिलो सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको उक्त टोली अहिले बेस क्याम्पतर्फ फर्किरहेको र चाँडै काठमाडौं पुगेर बेलायत फर्किने जनाएइको छ।





Comments

comments

Leave a Reply

17855