नेपाल वायु सेवा निगमको मलेसिया र दोहा उडान बन्द

नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहाको उडान बन्द गर्ने भएको छ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रममा जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्राउन्डेड भएको जानकारी दिए।

निगमसँग भएको एउटा बोइङ पनि ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । नयाँ दिल्लीको उडान पनि प्रभावित हुने निगमको भनाइ छ।

जहाजको प्राविधिक समस्या समाधानका लागि इन्जिनियरको खोजी भइरहेको उनले जानकारी दिए । जहाज नबन्दसम्मका लागि उडान बन्द हुने सूचनासमेत जारी भइसकेको खबर अन्नपूर्ण पोस्टले छापेको छ।





Comments

comments

Leave a Reply

17901