बेलायत आईपुगे चर्चित गायक गायिका रेवत र मेलिना राई…

भूमिराज राई / एचकेनेपाल डट कम –

लण्डन, ई-मिडिया हब लिमिटेड युकेको आयोजनामा हुने एभरेष्ट म्युजिकल ब्लाष्टका प्रमुख कलाकारहरु अत्यधिक लोकप्रिय गायिका मेलिना राई र गायक रेवत राई बेलायत आईपुगेका छन्।

सबै खाले दर्शक श्रोताहरुको पहिलो रोजाईमा पर्ने गायिका मेलिना राई र गायक रेवत राईले भर्खरै दुबैको आवाज रहेको युगल गिती एल्बम ‘अलग उपहार’ बजारमा ल्याएका छन्।

नेपाली साँगीतिक बजारको नाजुक अवस्थाका बिच बेलायतमा कर्म गर्दै सृजनामा सकृय गीतकारहरु ईश्वर चाम्लिङ्, मुकेश राई, नबराज राई, जगत नबोदित, किरण चम्लिङ्, हेम कुमार राई, डिल्लिराम राई र बिश्वकाजी राईको शब्द रचना समेटिएको अलग उपहार अत्यन्तै गहकिलो र उत्कृष्ठ एल्बम बनेको बरिष्ठ सँगीतकार अनि गीतकारहरुले एल्बम बिमोचनका क्रममा प्रतिक्रिया दिएका थिए।

एभरेष्ट म्युजिकल ब्लाष्ट आउने २० मे शनिबार अल्डर्सटको एम्पायर हल, २६ मे शुक्रबार लण्डनको ह्यारोबरो फुटबल क्लब, २७ मे शनिबार फोल्कस्टोनको हाउकिङ्स कम्युनिटी हललगायत अन्य स्थानहरुमा पनि आयोजना हुने जानकारी चिफ अफ ईभेन्ट सेल नबराज राईले जानकारी गराउनु भएको छ।

बिषेश युबा लक्षित कार्यक्रममा सबै उमेर समूहका दर्शकहरुले कार्यक्रमको लागि टिकट सुरक्षित गरी सक्नु भएको जानकारी चिफ अफ ईन्टर्टेन्मेन्ट गायक किसन राईले दिनु भएको छ।

कार्यक्रम अगाबै आफूले अनुमान गरे भन्दा धेरै टिकटको माग भएकाले आफू अत्यन्तै उत्साहित भएको चिफ मार्केटिङ अफिसर प्रेम गुरुङले जानकारी दिएका छन्।

साउण्ड, लाईट, साउण्ड टेक्निसियन, कार्यक्रमको सुरक्षा लगायत अन्य सम्पूर्ण ब्यबस्थापानको सबै काम पूरा भएको जानकारी गराउँदै चिफ ईन्टर्टेन्मेन्ट अफिसर किसन राईले ई-मिडिया हबले कुनै कुरामा कम्प्रमाईज नगरि कार्यक्रम उत्कृष्ठ र मनोरन्जनपूर्ण बनाउन कुनै कसर नछाड्ने गरी तयारी गरिएकाले उपस्थित हुने दर्शकहरुले कुनै गुनासो र कमेन्ट गर्ने ठाउँ नछोड्ने प्रतिकृया दिए।

कार्यक्रमका बारेमा जानकारी दिंदै सिईओ ईश्वर चाम्लिङ्ले ई-मिडिया हब लिमिटेड युके, बैधानिक रुपमा दर्ता भएर स्थापना भएको कम्पनी भएकाले हामीले आयोजना गर्ने कार्यक्रम अन्य कार्यक्रम जस्तो सजिलो नभएको र हामीले गर्ने कार्यक्रममा निगरानी हुने भएकाले पनि सके सम्म हामीले कार्यक्रम ब्यबस्थित रुपमा गर्नै पर्ने बाध्यता हुन्छ, त्यस कारण पनि अन्य कार्यक्रम भन्दा हामीले आयोजना गर्ने कार्यक्रम बढी सुरक्षित हुनु र ब्यबस्थित हुनु जरुरी हुन्छ, यो एभरेष्ट म्युजिकल ब्लाष्टको दौडान पनि हाम्रो कुनै एक वा बढी कार्यक्रमहरुमा अनुगमन टोली खटाउने जानकारी प्राप्त भएकाले पनि हामीले कार्यक्रम ब्यबस्थित र चुस्त अनि मनोरन्जनलाई मुख्य लक्षित गरेर कार्यक्रमको खाका तयार गरिने भएकाले कार्यक्रम मनोरन्जन पूर्ण हुनेप्रति बिश्वस्त हुन आग्रह गर्दछु’, भन्नु भयो।

गायिका मेलिना राईले पहिलो पटक युके आउँदा आफ्नो गीतहरु अहिले जस्तो धेरै पपुलर नभै सकेकाले उस्तो धेरै मनोरन्जन लिन र दिन नसकेकोले यो पटक धमाकाका साथमा आफू पनि ईन्जोय गर्दै उपस्थित दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाउने मनसाय ब्यक्त गर्दै सबैलाई आफूलाई पायक पर्ने स्थानहरुमा उपस्थित भएर मनोरन्जन लिंदै कला र नेपाली कलाकारलाई माया गरिदिन आग्रह गर्नु भएको छ।

गायक रेवत राईले पनि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भएर हौसला र आशिर्बाद दिन आग्रह गर्नु भएको छ।

बुधवार साँझ कलाकारहरुको सम्मान र स्वागतमा अल्डर्शटको प्यालेस रेस्टुरेन्टमा कलाकारहरुलाई ईमिडिया हब लिमिटेड युकेलेका सिईओ ईश्वर चाम्लिङको अध्यक्षतामा रात्रिभोजको आयोजना गरेर सम्मान स्वागत गर्दै कार्यक्रमको सफलताको लागि बिबिध बिषयमा छलफल र बिचार बिमर्श कार्यक्रम सम्पन्न गरेको छ।

सम्पूर्ण युकेबासी नेपालीहरुमा कार्यक्रममा उपस्थित भएर मनोरन्जन लिंदै नेपाली कला र संगितको जगेर्ना गरिदिनको लागि ई-मिडिया हब लिमिटेड युकेले चुले निम्तो गरेको छ।





Comments

comments

Leave a Reply

17922