प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।
उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी दियो।
उपप्रधानमन्त्री एवं कृष्णबहादुर महराको निमन्त्रणामा उपप्रधानमन्त्री झाङ काओ ली नेपाल आउन लागेको बुझिएको छ।
चीनमा उनीसहित चारजना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीहरूमा झाङ काओ ली, लिउ याङ, वाङ याङ र मा काई रहेको
खबर आजको नयाँ पत्रिकाले छापेको छ।