चुनावभर माओवादी हेडक्वार्टर मधेसमा

दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ‘हेडक्वार्टर’ मधेसमै राख्न लागिएको हो। माओवादी केन्द्रले सोमबार र मंगलबार चुनावी रणनीति तय गर्न आयोजना गरेको प्रशिक्षण पछि ‘हेडक्वार्टर’ नै मधेसमा परिचालित हुने गरी कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए।

अध्यक्ष दाहाल, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुनेछन् । पार्टी बैठक र प्रशिक्षण सकेर मंगलबार काठमाडौं फर्के पनि नेता फेरि एक सातापछि नै मधेस झर्ने योजना बनेको छ । ‘अध्यक्षलगायत शीर्ष नेता चुनाव हुने दिनसम्मै मधेसमै बाक्लो उपस्थिति जनाई परिचालित हुनुहुन्छ’, साहलले भने। अन्नपूर्णमा खबर छ।





Comments

comments

Leave a Reply

19118