नेपालमा बसेर अस्ट्रेलियामा आतंक!

उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन्।

उनीविरुद्ध नेपालमा मात्रै हैन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको खबर नागरिक दैनिकले छापेको छ।

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्यूरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्यूरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ।

मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्यूरोले उनीहरुलाई फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ गरिहेका छन्। यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले विदेशिएका नेपालीसमेत जोगिन सकेका छैनन्।

अस्ट्रेलियामा एसएमएस आतंक
छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेको अवस्थामा यस्तो सन्देशले सनसनी मच्चाएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहितको रिपोर्ट आयो। केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा लहानमा रहेको कुमुदप्रसाद शाह पक्राउ परे।





Comments

comments

Leave a Reply

19120