दरबार हत्याकाण्डमा परेकी पूर्वरानीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पूर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ।

एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाई एयरको उडानबाट फर्कदैछन्।

त्यहाँको विभिन्न महत्वपूर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ।

उता थाईल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको खबर जन आस्था साप्ताहिकले छापेको छ।

यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ।





Comments

comments

Leave a Reply

19303