कोलोराडोमा यसरी सम्पन्न भयो दोश्रो ग्लोबल नेपाली फिल्म अवार्ड

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो। नेपाली चलचित्र गाउंदेखि विश्वसम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्थरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित दोश्रो खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ शनिबार सम्पन्न भएको छ।

नेपाल फिल्म सोसाईटी र ग्लोबल नेपाली फिल्म अवार्डको आयोजनामा कोलोराडोमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त सिनेकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपालकालागी पूर्व अमेरीकी राजदूत स्टक डेलिसीको प्रमुख आतिथ्यमा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा फिल्मलगायत बिभिन्न बिधामा योगदान गर्नेहरुलाई एवार्ड बितरण गरिएको थियो।

एवार्डलाई अभियान, लाईफटाईम एचिभ्मेन्ट, एचिभ्मेन्ट, इस्पेशल, कन्ट्रिब्यूसन, ड्यास्पोरा, भुटनिज कम्यूनिटी एप्रीसिएसन र पपुलर फिल्म अवार्डगरी बर्गिकरण गरिएको थियो।

उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमा ग्राफर, उत्कृष्ट नायक, नायिकालगायत बिभिन्न बिधामा फिल्म अवार्डहरु बितरण गरि सिनेकर्मीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि स्कट डेलिसी, विशेष अतिथी अमेरिकाका लागि नेपालका महाबाणिज्यदूत ऋषि ढकाल तथा आरका विशेष अतिथि हलिउडका फिल्म निर्माता तथा निर्देशक थोमस फेरेलगायत बिभिन्न अतिथि तथा प्रायोजकहरुबाट कलाकार, अभियान्ता, संचारकर्मी फोटोग्राफर, डिरेक्टरहरुलाई दोसल्ला ओडाएर, सम्मान पत्र र एवार्ड प्रदान गरि सम्मान गरिएको थियो।

यसरी सम्मानित हुनेहरुमा टिका पहारी, गिहिन्द्र धिमाल, भुवन केसी, दिपाश्री निरौला, केकी अधिकारी, अनमोल केसी, केदार घिमिरे, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, जितु नेपाल, मुकुन्द किशोर भट्टराई, नारायण त्रीपाठी, रविन कार्की, हरि उप्रेती, प्रेम गुरुङ, कृष्ण मुरारी ढुङ्गेल, विजयराज शर्मा, निलम श्रेष्ठ, ईशानी श्रेष्ठ, साहारा कार्की, अम्बिका शर्मा, उदय सुब्बा, आर्यान सिग्देल, शिब परियार, पुरुषोत्तम प्रधान, प्रियांका कार्कीलगायतका बिभिन्न बिधाका व्यक्तित्वहरु थिए।

कार्यक्रममा दिपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, केकी अधिकारी, शिब परियार, सत्यकला राई, सहारा कार्की, भुटनिज कलाकार तथा स्थानीय कलाकारहरुले नाच, गान तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा फेशन सो लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । समारोहमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई टोकन अफ लव प्रदान गरिएको थियो।

प्रमुख अतिथि तथा विशेष अतिथिहरुबाट केक काटेर उद्धाटन गरिएको कार्यक्रममा पञ्चकन्याबाट स्वागत गरी नेपाल र अमेरीकाको राष्ट्रियगान बजाईएको थियो।

कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले आयोजना गरिएको बताएका थिए।

घोषणा गरिएको भन्दा ३ घण्टा पछि सुरु भएको कार्यक्रम राति १२ बजेसम्म संचालन भएको थियो। सहभागीहरुले नेपालमा हालै गएको बाढी पीडितलाई सहयोगार्थ कलाकारमार्फत पीडितको हातसम्म पुगोस् भन्दै सहयोग प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेस पेख्रेलले कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।





Comments

comments

Leave a Reply

19384