टाइफूनले हङकङ, मकाउ र दक्षिणी चीनमा १० जनाको मृत्यु, हङकङमा १२० भन्दा बढी घाइते !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ अगष्ट। सिग्नल नम्बर १० को भीषण आँधी बेहरी (टाइफून)ले हङकङ, मकाउ र दक्षिणी चीनमा गरी १० जनाको मृत्यु भएको छ।

मकाउमा ५, हङकङमा १ र दक्षिणी चीनमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन। हङकङमा १२० भन्दा बढी घाइते भएका छन्।

२० वर्षमा तेश्रो पटक आएको यो सबैभन्दा ठूलो भीषण आँधी बेहरीले बुधवार अपरान्ह हङकङको जनजीवनलाई आतंकित र त्रसित बनायो। त्यसैगरी मकाउलगायत दक्षिण चीनका भूभागमा यसले बितण्डा मच्चायो।

भीषण टाईफून हाटो आउनुपूर्व सार्वसाधारणलाई सूचित गरिसकेको हुनाले हङकङमा त्यति ठूलो मानवीय क्षति नभए पनि उद्योग, व्यापार, व्यवसाय ठप्प भएका कारण करीब ८ बिलियन डलरसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

टाईफूनका कारण हङकङको व्यस्त मानिएको स्टार फेरी सेवा (जलमार्ग), सिटी बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु सबै बन्द थिए।

हङकङ एयरललाइन्सले आधी बेहरीका कारण विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सबै उडान बन्द गरेको थियो भने क्याथेप्यासेफिकले अधिकांश उडानहरु रद्द गरेका थिए।

अस्पताल प्राधिकरणले आँधीबेहरीका कारण चोटपटक लागेका १२० जनाको सार्वजनिक अस्पतालमा उपचार गराइएको जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19425