एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन र विदा भईन एक आमा

मुगु – सोरु गाउँपालिका ६ की २२ बर्षीया जल रोकायाको अत्याधिक रत्तश्रावले बुधबार कालमै ज्यान गयो।

तीन दिन अघि घरमै सुत्केरी ब्यथा लागेपछि रोकायालाई आधा घण्टा टाढाको नार्थपुस्थित प्रसुति केन्द्र लागिएको थियो।

त्यहाँका स्वास्थ्यकर्मीले सुरक्षित प्रसुति गराउन सकेनन्। जिल्ला अस्पताल ठिनि लैजान सल्लाह दिए।

घरबाट जिल्ला अस्पताल पुग्न करिव दुईदिन लाग्थ्यो।

त्यता लैजान नसकेपछि आफन्तले उनलाई घरमै ल्याए।

उनले एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन। तर अत्याधिक रक्तश्रावका कारण सुत्केरी भएको आधा घण्टामै रोकायाको मृत्यु भएको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

19555