सुन तस्करको सुराकीलाई १० लाख

दुई दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द र अपराध महाशाखा प्रमुख एसएसपी दिवस लोहनीको मोबाइलमा एउटा सन्देश आयो।

सन्देशमा केरुङबाट ठूलो परिमाणको सुन काठमाडौं आउँदै गरेको र गाडीको विषयमा समेत उल्लेख थियो।

उक्त सुराकअनुसार एआईजी चन्दले महाराजगन्ज र लैनचौर वृत्तलाई परिचालन गरे। क्षेत्रपाटीमा सुनसहित गाडी पार्किङ गरिरहेको सूचना आएपछि आइतबार राति करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचोरबाट सादा पोसाकको टोली त्यहाँ पुग्यो। पार्किङ गरिरहेको गाडीमा कोही थिएन।

तत्काल केही हस्तक्षेप गरेन। त्यहाँ सुन नै छ भन्ने यकिन पनि गर्न सकेन। गाडीका चालक वा जिम्मेवार कोही नआएसम्म कुरेरै बस्ने निर्णय गर्‍यो। महानगरीय अपराध महाशाखाको टोलीले पनि आफ्नै हिसाबले अप्रेसन सञ्चालन गरिरहेको थियो। जब राति ३ बजे चालक अधिकारी गाडीनेर आए, नजिक बसेको महाशाखाको टोलीले हस्तक्षेप गरिहाल्यो। अन्य युनिटबाट खटिएका प्रहरी ‘जिल्ल’ परे। प्रहरी उपरीक्षक उप्रेतीले केही दिनदेखि लगातार गरेको ‘फलो अप’का कारण ठूलो परिमाणसहित सुन बरामद गर्न सफल भएको बताए।

८८ केजी सुन बरामदबापत सुराकी र प्रतिवेदक (प्रहरी)ले १०/१० लाख रुपैयाँ पाउने भएका छन्। अवैध सुनको हकमा सुराकी र प्रतिवेदक दुवैले बरामद परिमाणको १०/१० प्रतिशत र बढीमा १०/१० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ। सुराकी राख्ने विषयमा ‘अनेक आर्थिक चलखेल’ लाई कारण देखाउँदै राजस्व प्रशासनले यस्तो सिलिङ तोकेको हो। त्यसअघि विभिन्न प्रतिशतमा कमिसन भाग लाग्ने व्यवस्था थियो। नेपाल प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा २ सय ८१ केजी सुन बरामद गरेको थियो।





Comments

comments

Leave a Reply

19573