फनपार्कमा मिलेमतोः राज्य बेखबर

समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन्।

जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन्।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरूङका परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ वर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगराई सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन्।

फनपार्कले ६४ रोपनी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार वर्षका लागि सम्झौता गरेको थियो। त्यसपछि फनपार्कले २०६१ सालमा ५ वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रूपैयाँमा र २०६९ सालमा १५ वर्षका लागि मासिक ५ लाख ५५ हजार रूपैयाँमा सम्झौता गरेको थियो। २०५७ पछि ५ वर्षका लागि जग्गा भाडामा दिँदा २ लाख ७२ हजार ६ सय रूपैयाँ कम दाममा जग्गा भाडामा दिइयो।

जबकि भृकुटीमण्डप सञ्चालन कार्यालयलाई ३ रोपनीमा फैलिएको तरकारी बजारले मासिक ९ लाख ९० हजार रूपैयाँ बुझाउँछ भने ३० रोपनीमा फैलिएको निम्न ब्यापार संघले मासिक ७ लाख रूपैयाँ भाडा बुझाउने गरेको खबर सुरेश तामाङले नेपाल समाचार पत्रमा लेखेका छन्।





Comments

comments

Leave a Reply

19637