भूमिराज राई / एचकेनेपाल डट कम –
अल्डर्सट, ईभेन्टस् एण्ड आईडियाज प्रोडक्सन युकेद्वारा आयोजित पिपल मोर्गेजेज छैटौं मिस युके नेपाल २०१७ को ताज सिर्जना गुरुङले पहिरिएकी छन्।
अल्डर्सटको एम्पाएर हलमा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनर अपको उपाधि सुजना पुन र सेकेण्ड रनर अपको उपाधि लिसा सुनार जिते।
६ सब टाइटल अवार्ड बिजेताहरुमा मिस पब्लिक चोईस अवार्ड एलिन गर्बुजा, मिस पर्सनालिटी एलिन गर्बुज ा, मिस बेस्ट वाल्क सुजाना पुन , मिस ब्यूटी विथ द पर्पोज एलेन गर्बुजा, मिस ट्यालेन्ट लिसा सुनार, मिस इन्टेलेक्चुअल सिर्जना गुरुङ प्राप्त गरे।
एलिन गर्बुजा, सृष्टि श्रेष्ठ, सुजाना पुन, सोफिया केसी, सिमोना श्रेष्ठ र सिर्जना गुरुङ टाइटल जित्न आठ प्रतिष्पर्धामा उत्रेकामध्ये टप पाँच फाईनल राउण्ड प्रबेश गरेका थिए।
अफिसियल कोरियोग्राफर माल्भिका सुब्बाको कोरियोग्राफीमा कार्यक्रममा प्रतियोगीहरुले प्रस्तुती दिएका थिए।
अत्यधिक प्राबिधिक समस्याबीच सम्पन्न मिस युके नेपाल २०१७ को कमजोर प्राबिधिक पक्षको बचाउ गर्दै अफिसियल कोरियोग्राफर माल्भिका सुब्बाले सिमित श्रोत र साधनाबीच कार्यक्रम सम्पन्न गर्नु परेको बाध्यता र अन्तिम समयमा बिबिध कुराहरु परिवर्तन गर्नु परेका जस्ता कारण दिंदै कमजोरीहरुलाई बिर्सिदै समाजमा कार्यक्रमले ल्याउने सकारात्मक कुराप्रति ध्यान दिन आग्रह गरिन्। उनले आयोजकलगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धेरै धन्यबाद ज्ञापन गरिन्।
कार्यक्रममा बिबिध साँगीतिक कार्यक्रम र नृत्य पनि प्रस्तुत गरिएका थिए। कभर गीतका माध्यमबाट पपुलर भएका जोडी भिजे र ज्वोती घिमिरे जोडीको पनि प्रस्तुती रहेको थियो।
नेपाली दूताबासका तर्फबाट काउन्सिलर शरद राज आरणको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अन्य अतिथिमा एनआरएनए हङकङ अध्यक्ष टीका गुरुङ, एनआरएनए युकेका नब निर्बाचित अध्यक्ष योग फगामी, पूर्ब अध्यक्षहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायत नायक अनुप बिक्रम शाही, गीतकार दुर्गा घले, नायक ध्रुब दत्त, गायक सपन राई, ईएमएच लिमिटेड युकेका सिईओ गीतकार ईश्वर चाम्लिङ, गीतकार, कबी नबराज राई, शशी थापा सुब्बा, प्रशुना कंडेलको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
संचारकर्मी बिमला सेने, गायक आनन्द कार्की, मिस युके नेपाल २०१२ दुर्गा गुरुङ, डा. रेणुका गुरुङ र कृष्ण भट्टनिर्णायक मण्डलमा रहेका थिए। मिस युके नेपाल २०१४ निया देवान र दिनेश रोकाले कार्यक्रमको सन्चालन गरेका थिए।
कार्यक्रममा मिस युके नेपाल २०१६ टेनिशा रानाले नयाँ मिस युके नेपाल छानिनु अघि आफ्नो अनुभब सुनाउदै धन्यबाद ज्ञापन गरिन्।
समग्रमा कार्यक्रम कस्तो भयो ? भन्ने प्रश्नमा ईभेन्टस एण्ड आईडियाज प्रोडक्सनकी शान्ति गुरुङले कार्यक्रम अत्यन्तै सफल भएको प्रतिकृया आफूले प्राप्त गरेकाले कार्यक्रम अत्यन्तै सफल भएको बताउँदै खुशी ब्यक्त गरिन्।