‘हरिगोपाल–गणेशमाया छात्रवृत्ति ’ वितरण

पोखरा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० निवासी रञ्जित परिवारले स्थानीय कालिका माविमा अध्ययरत छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ।

आफ्ना स्वर्गिय पिता हरिगोपाल रञ्जित र माता गणेशमाया रञ्जितको नाममा रञ्जित परिवारले गरीब, तथा असहायः छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको हो।

विद्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच रञ्जित परिवारले मानविकी संकाय अन्तर्गत कक्षा १२ मा अध्ययरत भिमला अधिकारीलाई ७ हजार ५ सय, विज्ञान संकायकी कक्षा ११ मा अध्ययनरत जेनिशा थापालाई १३ हजार, ब्यबस्थापन संकायमा कक्षा ११ मै अध्ययनरत रुपा शर्मालाई ७ हजार ५ सय र कक्षा १० मा अध्ययरत छात्र तिलक सापकोटालाई ७ हजार रुपैयाँसहित कुल ३५ हजार रुपैयाँ प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले जानकारी दिए।

सो अवसरमा सहायक प्रधानाध्यापक ढकालले छात्रवृत्ति वितरण गर्ने रञ्जित परिवारलाई धन्यवाद दिदै विद्यार्थीलाई लगनशिल भएर पढ्न आग्रह गरे।

छात्रवृत्तिका लागि स्वर्गिय माता पिताको नाममा छोराहरु बैकुण्ठ, शिव, सुदर्शन र बिजय रञ्जितले ४ लाख रुपैयाँको ‘हरिगोपाल–गणेशमाया छात्रवृत्ति कोष’ नै खडा गरिसकेका छन्। यद्दपि सो कोषमा रहेको रकमबाट व्याज आगामी वर्ष मात्रै आउने भएकाले आफूहरुले यस वर्ष कोषबाहेक आफ्नो तर्फबाट छुट्टै छात्रवृत्ति वितरण गरेको साईंला छोरा सुदर्शन रञ्जितले बताए।





Comments

comments

Leave a Reply

19727