देउवालाई डडेलधुरामा चुनौती, जोगिएला विरासत?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।

चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् । देउवाले यो विरासत मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जोगाउन सक्लान त?

विगतमा भन्दा अहिले राजनीतिक ध्रुवीकरण बदलिएकाले यो प्रश्न उठेको हो।

दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन गरेकाले देउवाका लागि परिस्थिती पेचिलो बन्दै गएको खबर नागरिक दैनिकमा छ।

देउवा अहिले बलियो वाम गठबन्धनसंग प्रतिस्पर्धामा छन् । त्यसैले त डडेलधुराको निर्वाचन सबैतिर चर्चा र चासोको विषय बनेको छ।





Comments

comments

Leave a Reply

20492