दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिहीबार सकिनासाथ नुवाकोट र रसुवामा मतगणना सुरु गर्ने तयारी पूरा भएको छ।
दुवै जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन भइसकेको छ।
मतगणनाका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नुवाकोटमा तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने लक्ष्य अनुसार तयारी तीव्र पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको खबर अन्नपूर्णपोस्टमा छ।