गायिका मिलन अमात्य बेलायत आई पुगिन्

भूमिराज राई / एचकेनेपाल डट कम –

बेलायत। ई-मिडिया हब युकेको दोश्रो साँगीतिक प्रस्तुती एभरेष्ट म्युजिकल ब्लाष्ट २ मा साँगीतिक प्रस्तुती दिन नेपालबाट गायिका मिलन अमात्य युके आईपुगेकी छिन्।

शनिबार साँझ अल्डरसटको एम्म्पाएर हलदेखि सुरु हुने “एभरेष्ट म्युजिकल ब्लाष्ट २” युकेको बिभिन्न शहरहरुमा हुने तालिका ई-मिडिया हबले सार्बजनिक गरिसकेको छ।

गायिका मिलन अमात्यसहित “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रममा ममता गुरुङ एभरेष्ट आईडल युके बिजेताहरु सोनाहाङ राई, निमान प्रताप लामा, दिप प्रकाश राई, सुमी राईलगायत अन्य स्थानहरुमा आयोजना हुने कार्यक्रमहरुमा आसफोर्डमा बिशेष प्रस्तुतिका लागि गायक, संगीतकार बीसी राई, गायक धन गुरुङ उलविच लण्डनमा गंगा थापा (नाम्लो ब्याण्ड) प्रमोद राज न्यौपाने, दीपक थापालगायत अन्य कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन्।

गायिकालाई एयरपोर्टमा ई-मिडिया हबका सिईओ ईश्वर चाम्लिङ, हेडअफ ईन्टरटेन्टमेन्ट किसान राई र भुमिराज राई स्वागत गरेका थिए।

एयरपोर्टबाटै गायिकाले सबैलाई कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गर्दै चुले निम्तो दिएकी छिन्।





Comments

comments

Leave a Reply

21741