काठमाडौँ, १७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् ।
नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन्। नेपाल समाचारपत्रले छापेको छ।
मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउँदै छिन् ।
काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार,
-भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो ।
-मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।