बहराइनमा निधन भएका धिमालका परिवारलाई बेलायतबाट आर्थिक सहयोग

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-

स्व. धिमाल

लण्डन । वैदेशिक रोजगारका सिलसिलामा बहराइनमा निधन भएका किशोर धिमालका परिवारलाई बेलायतबाट आर्थिक सहयोग उपलब्ध गराएको छ।

मोरङ्ग केरौन १ का धिमालको बहराइनमा अचनाक हृदयघातका कारण निधन भएको थियो।

धिमालको परिवारलाई बेलायतमा रहेका केरौन बयरवन परिवारले ७५ हजार रुपैया आर्थिक सहयोग गरेको हो।

अचनाक हृदयघातबाट निधन भएपछि शोकाकुल धिमालका परिवारलाई केरौन बयरवन संस्थाबाट आर्थिक सहयोग गरेको ईन्द्र सुब्बाले बताए। रकम संकलनमा संस्थाका सुब्बाका साथै अन्य सदस्यहरुले साथ दिएका थिए।

बहराइनमा कार्यरत रामजी निरौलाले दाह संस्कारकालागि धिमालको शव नेपाल पुर्याई सकेको बताए। मृतक धिमालका परिवारलाई आर्थिक सहयोग संकलन गर्दै गरेको बताए ।

धिमालका तीन छोरी र श्रीमती छन्। लामो समयदेखि बहराइनमा कार्यरत मृतक धिमाल नयाँ क्षितिज फुटबल क्लब मोरङ्ग जहदाका पूर्व खेलाडी थिए।





Comments

comments

Leave a Reply

21894