बेलायती मन्त्री र आर्मी चिफ अफ जनरल यसै साता नेपाल आउने

काठमाडौँ, २३ माघ । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन्।

गत वर्ष संसदमा ब्रक्जिट बहसले व्यस्त हुनुपरेको जनाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेका उनले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन्।

मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिस आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टरसमेत रहनेछन्। कान्तिपुरले खबर छापेको छ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार मन्त्रीले नेपालमा रहँदा सरकारका उच्चपदस्थ पदाधिकारीलाई भेट्नुका साथै गोर्खाहरूको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ ।

नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढिरहँदा बेलायती मन्त्रीको भ्रमणले दुई देशबीच पारस्परिक सम्बन्ध अरू बढ्ने विश्वास गरिएको छ।





Comments

comments

Leave a Reply

21910