न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ११ फेब्रुवरी। हङकङको ताई पोनजिक शनिवार साँझ केएमबी डबल डेकर बस दुर्घटना हुंदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६५ जना घाइते भएका छन्।
समाचार एजेन्सीहरुले यस दुर्घटनालाई १५ वर्षपछि कै सबैभन्दा ठूलो दुर्घटना भनेका छन्।
८७२ नम्बरको बस शाटिनबाट ताई पो जाँदै गर्दा दुर्घटना भएको हो। ३० वर्षीय बस चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। फेसबुकमा जानुहोस्
फोटो सौजन्यः एचकेअनसीसी