प्रेमी विदेशमै छंदा अर्कैसंग बिहे, बिहेकै रात जन्मियो छोरा

लहान – सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाकिर निस्कन सकेका छैनन्।

बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए ।

तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे। उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए ।

शोभालाई उमेशले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारकै तथा छरछिमेकमा तनाव बढेको स्थानीय नथुनी रामले बताए ।

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा शैलेन्द्ररामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ । प्रेमी भनिएका युवक साउदी अरबमा रहेका कारण समस्या भएको छ।’ अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

22022