राई इज किङ न्युजिल्याण्डमा, धमाका मचाउने

न्युज डेस्क / एचकेनेपाल डट कम –

सर्वाधिक लोकप्रिय अनि सदा व्यस्त गायक राजेशपायल राईलाई न्युजिल्याण्डको क्रिस्टचर्च सिटीमा भव्य स्वागत गरिएको छ।

उनको यो न्युजिल्याण्डमा प्रथम पटक शो हुदैछ। न्युजिल्याण्डमा यो शो उनको मात्र होइन नेपाली गीतसंगीतकै इतिहासमा पहिलो पटक हुन लागेको हो क्रिस्टचर्चमा।

यो कार्यक्रम आयोजक संस्था भुटानी समाज क्रिस्ट्सचर्चले आयोजना गर्न लागेको हो।

संस्थाका अध्यक्ष ध्रुब र संयोजक न्युजिल्याण्ड निवासी सत्या लिलाले कार्यक्रममा कमी कमजोरी हुन नदिन हर प्रकारको सुविधामा सम्झौता नगर्ने बताए।

कार्यक्रम पर्सी १७ फेब्रुवरीमा चार्ल्स लुन हलमा हुदैछ। उक्त कार्यक्रमपछि राई अष्ट्रेलिया र दुबाई जाँदैछन्।





Comments

comments

Leave a Reply

22058