प्रतिपक्षी नेतालाई किन भेटेनन् अब्बासीले ?

काठमाडौं, २३ फागुन । पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन्।

सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रिभोजमा पनि देउवा गएनन्, बरु कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई पठाए । अब्बासी र गच्छदारबीच रात्रिभोजमा लामो अनौपचारिक कुराकानी भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

अब्बासीले प्रतिपक्षीसँग औपचारिक भेट नभएको विषयमा सोमबार पत्रकारहरूसँग भने, ‘मैले डिनरका क्रममा सबैभन्दा बढी समय प्रतिपक्षी दलका नेतासँग व्यतीत गरेँ । पाकिस्तानको राजनीतिमा हामी लामो समय विपक्षमा बसेका छौँ, त्यस हिसाबले पनि प्रतिपक्षीसँग हामी नजिक हुन्छौँ ।’ तर, औपचारिक भेटको सूचीमा देउवासँगको भेटलाई राखेनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘पाकिस्तानी प्रधानमन्त्री आफ्नै सूचीअनुसार आउनुभयो, प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबाहेक अन्य भेटवार्ता हुने वा नहुनेमा हाम्रो भूमिका रहेन।’





Comments

comments

Leave a Reply

22319