राजपाले माग्यो दुई मन्त्री र उपराष्ट्रपति

काठमाडौं – राष्ट्रिय जनतापार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन् ।

प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री र उपराष्ट्रिपति वा तीन मन्त्री मागेका हुन् । अन्नपूर्ण पोष्टमा खबर छ।

प्रधानमन्त्रीले राजपाका सांसद रेशम चौधरीलाई संसदमा सहभागी हुने वातावरण मिलाउलने आश्वासन दिएको बताइएको छ ।

संघीय समाजवादी फोरमलाई सत्तामा ल्याउन दुई बुँदै सहमति गर्न लागेका ओलीले राजपालाई समेत समेट्ने प्रयास तीव्र पारेका हुन् ।

राजपाले सरकारमा जाने-नजाने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइसकेको छ ।

अध्यक्ष मण्डलको बुधबारको बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै मतदान गर्ने निर्णय गरेको महामन्त्री केशव झाले जानकारी दिए ।





Comments

comments

Leave a Reply

22331