राष्ट्रपति चुनावमा तीन सांसदले भोट हाल्न नपाउने

राष्ट्रियसभा सदस्य पदमा बिहीबार मात्रै शपथ लिएका तीन जनाले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने छैनन्।

अदालती विवादका कारण बिहीबारमात्रै शपथ लिएका डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौड्यालले राष्ट्रपति चुनावमा मतदान गर्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको
खबर आजको गोरखापत्रमा ।

मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन भनी स्पष्ट उल्लेख छ । फागुन २२ गते नै निर्वाचक मण्डलका सदस्यहरुको अन्तिम नामावली प्रकाशित भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगको प्रवक्ता नवराज ढकालले प्रतिक्रिया दिएका छन् ।





Comments

comments

Leave a Reply

22370