ओली-नेपाल सहमतिः भावी अध्यक्षमा माधव नेपाल

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए।

तर पार्टीभित्र गुट चलाउँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीच भएको सहमतिअनुसार महासचिव पोखरेललाई रक्षामन्त्री बनाइएको बताइएको छ।

नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए।

लगत्तै ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने समहतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए।

ओली रनेपालबीच भएको समहतिअनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहेका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ।

भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने सहमतिअनुसार नेपालले नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ।





Comments

comments

Leave a Reply

22445