युगन्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति

विजय थापा –
कम्पाला , युगान्डा । गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली पोस्ट बहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा उनी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमाबापत नेपाली २३ लाख रुपैया नेपाल पठाइएको छ।

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अञ्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट पठाइएको हो।

संघका पूर्बअध्यक्ष रमेश कंडेलका अनुसार छोरी नाबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यबस्था गरिएको छ।





Comments

comments

Leave a Reply

22981